Like us!
Follow us!
Connect us!
Watch us!

'गभर्नरले फरक व्यवहार देखाए, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति बनाए'

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, ०८ : ५२ मा प्रकाशित

'गभर्नरले फरक व्यवहार देखाए, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति बनाए'

 पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको आरोप लगाएका छन् ।

विहिबार अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पुनले गभर्नर अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा कडा मौद्रिक नीति लिएको आरोप लगाएका हुन् ।

अहिले ओली नेतृत्वको सरकार आएपछि खुकुलो मौद्रिक नीति ल्याएको भन्दै फरक व्यबहार देखाएको आरोप लगाएका हुन् । 

उनले भने- 'पछिल्लो समय गभर्नरसाबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कसेकै हो ।अहिले आफू निकट सरकार छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको