Like us!
Follow us!
Connect us!
Watch us!

कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम २०२४ ले गर्यो विजेताहरू घोषणा

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १३ : ४९ मा प्रकाशित

कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम २०२४ ले गर्यो विजेताहरू घोषणा

कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सम्पन्न गरेको छ । कोका–कोला नेपालको महिला सशक्तीकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग रहेको कम्पनीले जनाएको छ ।

सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।

उक्त कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपक सेन्थिल नाथ भने भने, “सक्षम एक्सेलेटर एण्ड मेन्टरसिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।” 

प्रतियोगिताका लागि १० फाइनलिस्ट चयन गरिएको छ । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए ।

कार्यक्रमभर फाइनलिस्टहरुले लिंग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरुमा भाग लिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको