Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशमा बढदो संकटः प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

अर्थ संसार

आइतबार, २७ साउन २०८१, ०८ : १९ मा प्रकाशित

बंगलादेशमा बढदो संकटः प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् ।

ढाका ट्रिब्युनका अनुसार यसरी राजिनामा दिने न्यायधिसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजाे साँझ कानून मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यस अघि हिजाे दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो । बिद्यार्थीहरुले सर्वोच्च अदालत घेराउँ गरेर पछि प्रधानन्यायधिस हसनले राजिनामा दिन बाध्य भएका हुन । बिद्यार्थीहरुले थप पाँच जना न्यायधिसले पनि राजिनामा दिनु पर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायधिसले राजिनामा दिएको बंगलादेशका मिडियाले जनाएका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको