Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई १५.५० प्रतिशत लाभांश दिने सिटिजन्स क्यापिटल घोषणा

अर्थ संसार

आइतबार, २७ साउन २०८१, ११ : ३४ मा प्रकाशित

सेयरधनीलाई १५.५०  प्रतिशत लाभांश दिने सिटिजन्स क्यापिटल घोषणा

सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समिति बैठकले १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १५.१५ प्रतिशत अर्थात् ३ करोड १० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न भदौ १७ गते १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा काठमाडौंको ज्ञानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक नियुक्ति अनुमोदन र संचालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको