Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड आजदेखि निष्कासन

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १२ : २४ मा प्रकाशित

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड आजदेखि निष्कासन

सिटिजन्स क्यापिटल लिमिटेडले आज (बुधबार)देखि सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासशन गरेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई आजदेखि निष्कासन गरेको हो ।

सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ भने सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

निष्कासन बन्द छिटोमा बैशाख १० गते हुनेछ भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि बैशाख २० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यसको अवधि १० वर्षको रहेको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको