Like us!
Follow us!
Connect us!
Watch us!

ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधार हुने अपेक्षा छ: अध्यक्ष ढकाल

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १४ : २८ मा प्रकाशित

ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधार हुने अपेक्षा छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताए ।

मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको उल्लेख गर्दै उनले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए ।

‘केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्छ’, अध्यक्ष ढकालले भने, ‘कुल गार्हस्थ उत्पादनमा प्रदेशहरुमध्ये छैटौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको छ । जलस्रोत पर्यटनमात्रै नभइ यहाँको जनशक्ति निकै मेहनती रहेको र युवाहरु विकासको संवाहक हुन् ।’

जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्नेगरी महासंघले काम गरिरहेको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए ।

सुदूरपश्चिमका उत्पादनको बजारीकरण, वित्तीय पहुँचलगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको