नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । नबिल बैंक लिमिटेडले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर गर्ने भएको भएको हो।
जसका लागि बैंकले भदौ १७ गते विशेष साधारणसभा बाेलाएकाे छ । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बाेलाएकाे हो ।
सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा सेयरधनीबीच छलफल गरिने बैंकले जानकारी दिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस