Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको खुद नाफा ९९.३९% ले बढ्यो, ईपीएस कति पुग्यो?

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ०९ : ३१ मा प्रकाशित

चन्द्रागिरी हिल्सको खुद नाफा ९९.३९% ले बढ्यो, ईपीएस कति पुग्यो?

चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुद नाफा 
चन्द्रागिरी हिल्सको खुद नाफा ९९.३९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार सम्ममा कम्पनीको यो नाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ करोड २० लाख रुपैयाँ रहेको थियो। 

बढ्यो आम्दानी 
कम्पनीको आम्दानी भने बढेको देखिएको छ। गत असार सम्म कम्पनीको आम्दानी १ अर्ब रहेको छ जुन अघिल्लो वर्ष ९१ करोड ३४ लाख रहेको थियो। यो आम्दानी ९.४९ प्रतिशत बढेको हो। यसको असर कुल आम्दानीमा देखिएको छ जुन ८.८० प्रतिशत बढेको देखिन्छ। 

लगानी 
३१ करोड 

प्रति सेयर आम्दानी
१४ रुपैयाँ ५६ पैसा (७ रुपैयाँ २६ पैसा बढ्यो ) 

प्रति सेयर नेटवर्थ
९५ रुपैयाँ ३९ पैसा

मूल्य आम्दानी अनुपात
६२.३६ गुणा

चुक्ता पूँजी
१ अर्ब ५३ करोड रुपैयाँ

जगेडा कोष
७ करोड ६ लाख रुपैयाँ ऋणात्मक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको