अर्थ संसार, काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वामगठबन्धनले बहुमत भन्दा बढी स्थानमा विजय हासिल गरेपछि सेयर बजारले त्यसलाई गहिरोसँग स्वागत गरेको छ ।
वामगठबन्धनले निवाृचन जितेपछि शेयर बजार धारासायी हुन्छ, लगानीको असुरषा हुन्छ भन्ने जस्ता अनेकन हल्लाका बाबजूत बजारले छलाङ हानेको छ । बजारलाई प्रभावित पार्न चाहने तत्वले अनावश्यक हल्ला फिजाएका कारण एकाध दिन बजारमा समस्या देखिएपनि सम्पूर्ण मतपरिणाम आएको दिन आज बजारमा सकारात्मक सुधार देखिएको छ ।
चुनावको परिणाम आउन थालेसँगै ओरालो लागेको शेयर बजार आज १०.५३ अंकले बढेको छ । कुल १६४ वटा कम्पनीको रु ४८ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
वाम गठबन्धले प्रभाव पारेकै कारण बजारका उपसुचकहरु पनि उकालो लागेका छन । कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार पहिलो आधा घन्टा ३४ मिनेटसम्म ५.६९ अंक झरेको थियो । अपरानहपछि बजार स्थिर रहेर बढ्न थाल्यो । आज भने बजारमा वाम लहर देखिएको छ ।
नेपाल स्टक एक्चेन्जकाअनुसार बजार १०.५३ अंकले उकालो लाग्दा सुचक एक हजार ५२०.७४ बिन्दुमा पुगेको छ ।
सबैभन्दा धेरै होटलको उपसुचक १.७८, उत्पादन उपसमुह १.३२, ट्रेडिङ १.२३, अन्य १.१८, माइक्रोफाइनान्स ०.८, बीमा ०.६७, वाणिज्य बैंक ०.६३, हाइड्रोपावर ०.४७, विकास बैंक ०.३३, फाइनान्स ०.२६ प्रतिशतले बढेका छन्।
सबैभन्दा धेरै कुवेर मर्चेन्ट फाइनान्सका शेयरधनीले ९.६३ प्रतिशत कमाएका छन् भने सबैभन्दा धैरै प्रोग्रेसिभ फाइनान्सका शेयर धनीले ३.९८ प्रतिशतले गुमाएको स्टकले जनाएको छ । आज सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको रु पाँच करोड ४० लाख बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस