Like us!
Follow us!
Connect us!
Watch us!

साफ यू-२० सुरु हुन दुई दिन बाँकी रहँदा खेल मैदान बारे अझै अन्योल

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, ०७ : ०१ मा प्रकाशित

साफ यू-२० सुरु हुन दुई दिन बाँकी रहँदा खेल मैदान बारे अझै अन्योल

काठमाडौँमा आयोजना हुने साफ यू-२० च्याम्पियनसीप सुरु हुन दुई दिन मात्र बाँकी रहँदा पनि खेल मैदानको टुंगो अझै लागेको छैन । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थलको टुङ्गो लगाउन नसकेको हो ।

विहिबार एन्फाले पत्रकार सम्मेलन गर्दै खेल मैदानको टुङ्गो नलागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा म्याच कमिस्नरको निरिक्षणपछि मात्र खेल सञ्चालन हुने मैदान कुन बारे टुंगो लाग्ने बताइएको छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि बर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्विकृती दिएर खेल तालिका समेत जारी गरेपनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि साफले एन्फालाई विकल्प खोज्न भनेको छ ।

दशरथ रंगशालामा पानी सोच्ने ड्रेनेज सिस्टम नभएका कारण पारो र चर्च ब्वाइजको खेलका क्रममा हिलाम्मे भएको थियो । साफ यू-२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिदै छन् । 

जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा अगस्त १८ मा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको