व्यक्तिगत हेरचाहका वस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनी युनिलिभर नेपालले आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको छ । यस उल्लेखनीय सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिवद्धतामा अझ जोड दिएको कम्पनीले जनाएकाे छ ।
विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्याउन खाेजेकाे कम्पनीकाे विज्ञप्तिमा उल्लेख छ ।
यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्धन गर्न नजिकबाट काम गर्नेछ । साथै, कम्पनीले उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पुर्याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्याउने लक्ष्य लिएको छ ।
युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष रहेकाे कम्पनीले जनाएकाे छ । युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथ उभिनाले खेलकुदमा महिलाहरूको लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्छ भन्ने मुख्य लक्ष्य लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस