Like us!
Follow us!
Connect us!
Watch us!

साउनमा ४० अर्ब २० करोड बजेट खर्च हुँदा राजस्व संकलन दोब्बर

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, ११ : २३ मा प्रकाशित

साउनमा ४० अर्ब २० करोड बजेट खर्च हुँदा राजस्व संकलन दोब्बर

चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोबर देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रूपैयाँ बराबर राजस्व उठेको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २.१६ प्रतिशत र आम्दानी ६.५९ प्रतिशत बराबर हो।

एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको १.०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको २.४३ प्रतिशत बराबर छ।

त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको ५.२५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड ६ लाख बराबर खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ बराबर विनियोजन गरेको छ।

चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ बराबर राजस्व उठाउने सरकारको लक्ष्य छ। कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड रूपैयाँ, गैरकर राजस्व एक खर्ब ३५ अर्ब रूपैयाँ र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर उठाउने लक्ष्य छ।

चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन। साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख रूपैयाँ र गैरकर राजस्व १७ अर्ब ३३ करोड रूपैयाँ छ। 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको