Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल

अर्थ संसार

सोमबार, ०३ भदौ २०८१, १३ : ४७ मा प्रकाशित

सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई दिगो ढंगले अघि बढेको देख्न  चाहेको बताएका छन् ।  आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । 

उनले पछिल्ला दिनहरूमा सेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै सेयर बजार अहिले उत्साहित रहेको बताए। 

पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्ब गर्ने जिकिर गरे । उनले सरकारले लिएका नीतिहरूका कारण सेयर बजार उत्साहित रहेको बताए । सरकारले दिगो, स्थिर ढंगले सेयर बजार अघि बढेको हेर्न चाहेको उनको भनाई छ। 

उनले भने, ‘आर्थिक क्षेत्रमा केही सकारात्मक पहलकदमी लिइएका छन् । सरकारका पहलकदमी र पछिल्ला कतिपय निर्णयहरूले, मौद्रिक नीति लगायतका कतिपय नीतिहरूले अर्थतन्त्रलाई चलायमान गर्न, गतिशील तुल्याउन सकारात्मक सङ्केत गरेको छ । पछिल्ला दिनहरूमा प्रायः चर्चा हुने गर्छ, सेयर बजारको । काफी चर्चा हुने गरेको छ । यो चर्चाका निम्ति मैले केही भन्नु छैन । मैले यति मात्रै भन्न चाहन्छु, सेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका र्छौ, सेयर बजार अर्थतन्त्रको ऐना हो । यसले हाम्रो अर्थतन्त्रको अवस्थालाई प्रतिविम्ब गर्दछ । यस हिसाबले सरकारले लिएका नीतिहरूका कारण सेयर बजार उत्साहित छ । हामी दिगो, स्थिर ढंगले सेयर बजारअघि बढेको देख्न चाहन्छौं । त्यसका निम्ति आवश्यक पर्ने नीतिगत प्रबन्ध, आवश्यक पर्ने संरचनागत प्रबन्ध, आवश्यक प्रविधिको प्रबन्ध मैले तीन पक्षमा ध्यान दिनुपर्ने आवश्यकता देखिरहेको छु । सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रबन्ध, संरचनागत प्रबन्ध र कतिपय प्रविधिको पनि प्रबन्ध गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ । इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझाव दिनुभएको छ । यसमा हाम्रो गम्भीर ध्यान छ ।’


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको