Like us!
Follow us!
Connect us!
Watch us!

नेपालपनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय

अर्थ संसार

सोमबार, ०३ भदौ २०८१, १८ : ३४ मा प्रकाशित

नेपालपनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय

सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।

मन्त्रालयले पुर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।

विश्व स्वास्थ्य सांगठनले गत साता मंकीपक्स अर्थात एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।

66c33f89b6e08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको