Like us!
Follow us!
Connect us!
Watch us!

मंकीपक्स भाइरसको विश्वव्यापी त्रास: नेपाल आउनेमाथि कडाइ, दुई साता घरमै बस्नुपर्ने

पत्रपत्रिका

विहीबार, १२ जेठ २०७९, ०६ : ११ मा प्रकाशित

मंकीपक्स भाइरसको विश्वव्यापी त्रास: नेपाल आउनेमाथि कडाइ, दुई साता घरमै बस्नुपर्ने

विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको, ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० ’bout अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने औंल्याएको छ । डब्लूएचओले यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट भएको पनि जनाएको छ ।

हालसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, इजरायल, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनलगायतका मुलुकमा मंकीपक्सको प्रभाव देखिइसकेको छ । यीमध्ये अधिकांश मुलुकमा नेपाली बसोबास गर्छन् । साथै यी देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ । त्यसो त मंकीपक्सको प्रभाव पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन ।

राजधानी दैनिकमा समाचार छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको