Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

अर्थ संसार

मंगलबार, ०४ भदौ २०८१, १६ : ०२ मा प्रकाशित

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी थालेको छ। यस अघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको छ। 

तत्कालीन नेतृत्वले टिकटकमाथि प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी गरिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिबद्धतासहित टिकटकले पहल थालेपछि सरकार पनि प्रतिबन्ध हटाउन लचिलो भएको हो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले केहीदिन अगाडि मात्रै इमेलमार्फत् प्रतिबद्धता पत्र सञ्चार मन्त्रालयलाई पठाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिबन्ध हटाउन सकारात्मक देखिएका छन् । उनले प्रतिबन्ध फुकुवाको तयारी गर्न निर्देशन दिएको बताइएको छ ।

सोहीअनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन् । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर निर्णय गराई प्रतिबन्ध हटाउने तयारी भइरहेको बताइएकाे छ ।

सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको