Like us!
Follow us!
Connect us!
Watch us!

१० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याउने तयारी

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १२ : ३३ मा प्रकाशित

१० अर्बको एनआरएन डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याउने तयारी

एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद , गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको छ ।  सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको छ । 

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको