अर्थ संसार, काठमाडौँ– दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ ।
रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गर्नुभएको ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज जनाएको छ ।
सन् १९५८ देखि नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ ।
हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा नेपाली सेना सहभागी भइसकेको छ भने अहिले पनि १४ वटा स्थानमा सेवा प्रवाह गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस