Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्टअप बिजनेस अगाडि बढाउन सरकार तयार छ: अर्थमन्त्री पौडेल

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १४ : ५९ मा प्रकाशित

स्टार्टअप बिजनेस अगाडि बढाउन सरकार तयार छ: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सबै सिर्जनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे । अर्थमन्त्री पौडेलले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्न पनि सबैसँग आग्रह गरे ।

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुन पनि आग्रह गरेका छन् । उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक/ एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सृजना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताए । साथै उनले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताए ।

अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा शुरुमा सफलता भन्दा असफलता बढी हुने बताए । उनले स्टार्टअपका लागि आवश्यक कानूनी, संरचनागत प्रवन्ध समन्वयात्मक रुपमा अघि बढाए सफल बनाउने बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको