Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन रहिरहन हुँदैनः अर्थमन्त्री पौडेल

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १६ : ३६ मा प्रकाशित

धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन रहिरहन हुँदैनः  अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका छन् ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको बताएका हुन् । पौडेल यो समस्या चाँडै समाधान हुने  समेत बताए ।

‘धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन’ उनले भने ‘यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसम्बत सिर्घ समाधान गर्ने पक्षमा सरकार छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको