Like us!
Follow us!
Connect us!
Watch us!

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ०७ : ४० मा प्रकाशित

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।

ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी' मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् ।

टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको