Like us!
Follow us!
Connect us!
Watch us!

झन्डै ४ करोड मूल्य बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १२ : ४४ मा प्रकाशित

झन्डै ४ करोड मूल्य बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

प्रहरीले १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइभरीकोस्टकका ३५ वर्षीय नागरिक वारामा कोनलाई भदौ ३ गते ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।

उनी इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् काठमाडौं आएका थिए । ब्युरोका डीएसपी प्रेमबहादुर शाहीका अनुसार उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको छ ।

उक्त निलेको कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनको भनाइ छ । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाखबराबर भएको बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको