Like us!
Follow us!
Connect us!
Watch us!

साढे ४ किलो लागूऔषध कोकिन सहित चार जना पक्राउ

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १७ : ०७ मा प्रकाशित

साढे ४ किलो लागूऔषध कोकिन सहित चार जना पक्राउ

प्रहरीले साढे ४ किलो लागूऔषध कोकिनसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुले क्याप्सुल निलेर पेटमा राखी र कपडाको टाँकमा लुकाएर कोकिन ल्याएको पाइएको प्रहरीले जनाएको छ । जसको बजार मूल्य १६ करोड नेपाली रुपैयाँ रहेको छ ।

पक्राउ पर्नेमा ६८ वर्षिय तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगा, ३३ वर्षिय बोलिभियन नागरिक लौरा क्रूज टिकोना ला, ३९ वर्षिय भेनेजुलियन नागरिक सिमोन एन्टोनियो एलफोन्जो राडा र २७ वर्षिया भारतीय लालरूतसाँगी छन् ।

उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

जेठ २७ गते काठमाडौं आएका मागुरा ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको थियो । उनको पेटबाट ७७ थान क्याप्सुल निकालिएको थियो । उनले उक्त क्याप्सुल इथोपियामा खाएर दुबई हुँदै काठमाडौं आएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार राडा असार १ गते ब्राजिल हुँदै काठमाडौ आएका थिए । ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा उनको साथबाट ९२ थान कोकिनका क्याप्सुल बरामद भएको थियो । उनले पनि ती क्याप्सुल खाएर नेपाल ल्याएको ब्युरोको दावी छ ।

यस्तै ब्राजिलबाट आएकी एक महिल २ केजी एक सय ग्राम कोकिनसहित पक्राउ परेकी छिन् । उनले महिलाले लगाएको कपडाका बटनभित्र उक्त कोकिन राखेर नेपाल ल्याएको ब्युरोले जानकारी दिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको