Like us!
Follow us!
Connect us!
Watch us!

ममता बेपत्ता हुनुभन्दा महिनौं अघि नरेशले गरेका थिए,‘श्रीमतीको मृत्युपछि विवाह’बारे इन्टरनेटमा सर्च

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १५ : ५९ मा प्रकाशित

ममता बेपत्ता हुनुभन्दा महिनौं अघि नरेशले गरेका थिए,‘श्रीमतीको मृत्युपछि विवाह’बारे इन्टरनेटमा सर्च

अमेरिकास्थित भर्जिनियाको ममता काफ्ले बेपत्ता प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ । उनका श्रीमान् महेश भट्टले ममता बेपत्ता हुनुभन्दा महिनौँ अगाडि 'श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ' भनेर गुगलमा खोजेको पाइएको हो ।

उनले  अफिसको कम्प्युटरबाट ‘श्रीमतीको मृत्यु भएपछि अर्को बिहे गर्न कति समय लाग्छ ?’ भनेर इन्टरनेट (गुगल)मा खोजेको पाइएको छ । 

अभियोजनकर्ता वकिलले अदालतमा  यसबारे बताएका हुन् ।

३७ वर्षीय नरेश सोमबार अदालतमा दोस्रोपटक हाजिर भएका थिए । जहाँ अधिकारीहरूले उनकी श्रीमती २८ वर्षीया ममता बेपत्तासँग जोडिएका थप प्रमाणहरू प्रस्तुत गरेका थिए ।

प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी छिन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ ।  उनको प्रतिरक्षामा उत्रिएको पक्षले  भने ममता हराएपछि देखिएको जनआक्रोश र शङ्काकै आधारमा उनलाई फसाइएको दाबी गरेका छन् । 

अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना हुन लागिसकेको छ । हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्थाबारे जानकारी छैन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको