Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि ५ लाख आर्थिक सहयोग

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, २१ : ४१ मा प्रकाशित

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि  ५ लाख आर्थिक सहयोग

ज्योति विकास बैंकले कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई  ५ लाख सहयोग गरेको छ । 

बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको हो। 

उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको