Like us!
Follow us!
Connect us!
Watch us!

तीज पर्व खर्चिलो र भड्किलो नबनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह, अटेर गरे कारबाही गरिने चेतावनी

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, १५ : ०९ मा प्रकाशित

तीज पर्व खर्चिलो र भड्किलो नबनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह, अटेर गरे कारबाही गरिने चेतावनी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन आग्रह गरेको छ।  बिहीबार सूचना प्रकाशित गर्दै अनावश्यक तामझाम नगरीकन तीज पर्व मनाउन प्रशासन कार्यालयले आग्रह गरेको हो।

तडकभडकसहितका खर्चिला कार्यक्रम विगतका तुलनामा हाल बढ्दै गएकोप्रति ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ । तीजमा त्यस्ता तडकभडकसहित खर्चिला कार्यक्रम भएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी  समेत काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिएको छ।

 प्रशासनले जारी गरेको सूचनामा भनिएको छ,‘सामाजिक व्यवहार (सुधार) ऐन र नियमावलीले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको सर्वविदितै छ’, ‘तसर्थ आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवं भड्किलो कार्यक्रम सञ्चालन नगर्न र नगराउन आग्रह छ।’ 

 

66d04019b3c63.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको