Like us!
Follow us!
Connect us!
Watch us!

बलिवुड फिल्म ‘शोले’ को मुम्बईमा स्पेशल स्क्रिनिङ हुने

अर्थ संसार

शुक्रबार, १४ भदौ २०८१, २१ : ३६ मा प्रकाशित

बलिवुड फिल्म ‘शोले’ को मुम्बईमा स्पेशल स्क्रिनिङ हुने

अमिताभ बच्चन र धर्मेन्द्र स्टारर ब्लकबस्टर बलिवुड फिल्म ‘शोले’ को स्पेशल स्क्रिनिङ अगस्ट ३१ मा शनिबार मुम्बईमा हुने भएको छ । यस स्क्रिनिङको क्रममा उद्योगका चर्चित लेखक सलीम-जावेदले पनि सहकार्यको ५० वर्ष मनाउने छन् ।

यो फिल्म अगस्ट ३१ मा मुम्बईको रिगल सिनेमामा साँझ ५: ३० बजे प्रर्दशन हुनेछ । फिल्म ५० वर्ष पुरानो भिन्टेज सिनेमास्कोप प्रिन्टमा प्रर्दशन गरिने छ ।

सो अवसरमा चलचित्रका निर्देशक रमेश सिप्पी र लेखक सलिम जावेदको पनि उपस्थिति रहनेछ । यी तीन बाहेक चलचित्रसँग सम्बन्धित अन्य कलाकार पनि प्रदर्शनमा देखिने चर्चा छ । सलिम-जावेदको कथामा आधारित डकुड्रामा ‘एंग्री योङ म्यान’ हालै रिलिज भएको छ । यसको निर्माता जोया अख्तरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ‘शोले’ को स्क्रिनिङको जानकारी दिएकी छिन् ।

डकुमेन्ट्रीमा 'एन्ग्री यंग म्यान' ले सलिम-जावेदको संघर्ष, करियर र उनीहरुको बिछोडको बारेमा चर्चा गरिएको छ । यसमा आफ्ना छोराछोरी सलमान-अरबाज खान र फरहान-जोया अख्तर बाहेक, धेरै प्रसिद्ध बलिउड कलाकारहरूले सलीम-जावेदसँग सम्बन्धित आफ्नो कथाहरू सेयर गरेका छन् ।

सिरिजमा अमिताभ बच्चन, आमिर खान, साउथ सुपरस्टार यश, करण जोहर, फराह खान लगायत धेरै सेलेब्सले यी दुईको चर्चा गरेका छन् ।

फिल्म ‘शोले’ सन् १९७५ मा रिलिज भएको थियो । यसमा अमिताभ बच्चन, धर्मेन्द्र, सञ्जीव कुमार, हेमा मालिनी, जया बच्चन, अमजद खान, सत्येन कप्पु, एके हंगल, जगदीप र असरानीलगायत धेरै चर्चित कलाकारहरूले काम गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको