Like us!
Follow us!
Connect us!
Watch us!

राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा

अर्थ संसार

शनिबार, १५ भदौ २०८१, १८ : २३ मा प्रकाशित

राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा

भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड  भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् । 

शनिबार बिहान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को छनोट समितिले एकदिवसीय र चार दिवसीय टोलीको घोषणा गरेको हो ।

उत्तर प्रदेशका मोहम्मद अमानलाई एकदिवसीय टोलीको कप्तानी दिइएको छ भने मध्य प्रदेशका सोहम पटवर्धनलाई ४ दिने सिरिजमा भारतीय टोलीको कप्तानी दिइएको छ । यो सिरिज २१ सेप्टेम्बरबाट सुरु हुनेछ । जसमा ३ एकदिवसीय खेल पुडुचेरीमा र २ चारदिवसीय खेल चेन्नईमा हुनेछन् ।

दुवै टोलीमा समित द्रविडलाई मौका दिइएको छ । १८ वर्षका फास्ट बलिङ अलराउन्डर समित कर्नाटकको महाराजा ट्रफीमा मैसूर वारियर्सबाट खेलिरहेका छन्, यद्यपि उनको प्रदर्शन खासै रहेन । उनले ७ इनिङ्समा ८२ रन मात्र बनाउन सके । जबकि उनले एकपटक पनि बलिङ गरेका छैनन् । तर, यसअघि उनले कुचबिहार ट्रफीमा ३६२ रन बनाएर १६ विकेट लिएर कर्नाटकलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको