Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको भाउ घट्यो, एलपी ग्यासको मूल्य यथावत

अर्थ संसार

अर्थ संसार

आइतबार, १६ भदौ २०८१, ०७ : ०३ मा प्रकाशित

पेट्रोलियम पदार्थको भाउ घट्यो, एलपी ग्यासको मूल्य यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।

निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले भाउ घटाएको हो।

यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको छ।
निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः १६०.५०, १६२ र १६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः १५१.५०, १५३ र १५४ रुपैयाँ निर्धारण गरेको छ। आ

एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको छ। तर, बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको