Like us!
Follow us!
Connect us!
Watch us!

सडक दुर्घटनामा दैनिक ७ जनाको मृत्यु, ४० घाइते हुन्छन् : गृहमन्त्री लेखक

अर्थ संसार

आइतबार, १६ भदौ २०८१, ०७ : २३ मा प्रकाशित

सडक दुर्घटनामा दैनिक ७ जनाको मृत्यु, ४० घाइते हुन्छन् : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन्। 

गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। 

‘दिनमा ७ जनाको मृत्यु हुन्छ, दैनिक ४० जना घाइते हुन्छन्। यसका पछाडि कही न कही कमजोरी भएको छ,’ लेखकले भने, यातायाता व्यवसारीले दक्ष सवारी चालक राख्नु पर्यो। ट्राफिक प्रहरीलाई जिम्मेवारीपूर्कक काम गर्नुपर्छ।’

आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्ने उनले बताए। दसैंको घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाड पर्वमा विशेष व्यवस्था मिलाउन उनले निर्देशन दिए। ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रीबसमा दुई जना चालक राख्नुपर्छ। मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ । एक महिना पहिला चाड पर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवा दिन सकिन्छ,’ उनले भने।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको