Like us!
Follow us!
Connect us!
Watch us!

बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने, इजरायल चुप लागेर बस्दैन

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, ०६ : ५० मा प्रकाशित

बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने, इजरायल चुप लागेर बस्दैन

गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले इजरायलले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताएका छन् । हमासलाई सन्देश दिँदै प्रधानमन्त्रीले भनेका छन्, 'जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन।'

यसअघि सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरुलाई भने, प्रारम्भिक अनुमान अनुसार बन्धकहरुको मृत्यु हाम्रो आगमनको केही समय अगाडि नै भएको थियो ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासका वरिष्ठ नेता एज्जत अल-रसिकले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको कारण यी मृत्युका लागि इजरायल जिम्मेवार भएको दाबी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको