Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोपावरले आइपिओ जारी गर्ने, साधारणसभा आह्वान

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, ०९ : ३६ मा प्रकाशित

विकास हाइड्रोपावरले आइपिओ जारी गर्ने, साधारणसभा आह्वान

विकास हाइड्रोपावर लिमिटेडले आगामी असोज २२ मा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। 

सञ्चालक समितिको बैठकले काठमाडौंको नारायणहिटी दरबारको उत्तरढोकास्थित भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे सभा बोलाएको हो।

कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासनको एजेण्डा पनि साधारणसभामा राखेको छ। सभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव स्वीकृति गरी त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ।

प्रबन्धपत्र नियमावली संशोधन गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि सभाबाट पारित हुनेछ। चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुंग्याउने छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको