प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन्।
प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४३ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार उक्त जिम्मेवारी दिएका हुन्।
सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस