Like us!
Follow us!
Connect us!
Watch us!

उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, २० : ४२ मा प्रकाशित

उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ बर्षिय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् ।

स्वरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् । स्वरेज अहिलेसम्म उरुग्वेका लागि सर्बाधिक गोलकर्ता समेत हुन् । उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।

स्वरेजले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेभ्यु गरेका थिए । उनले २०१०, २०१४, २०१८ र २०२२को विश्वकप समेत खेलेका थिए ।

हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वरेजले क्लब फुटबललाई भने केहि बर्ष निरन्तरता दिने छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको