Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, ०८ : ५९ मा प्रकाशित

प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग

नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्। 

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन् । उनले प्रचण्डले समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरुको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने बताउनु भयो । उहाँले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गरे । 

उनले भने – ‘जनयुद्ध लडेका पार्टीका कमाण्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यि सबैको जनक भनिनु पर्छ । शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रश्ताव गर्नुपर्छ । र नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

मोदीले जनयुद्धलाई हिंसा भन्नेभए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको