Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग बाणिज्य महासंघ र ट्रेड युनियनबीच श्रम समस्या समाधान गर्न फोरम स्थापना

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १२ : ०८ मा प्रकाशित

उद्योग बाणिज्य महासंघ र ट्रेड युनियनबीच श्रम समस्या समाधान गर्न फोरम स्थापना

नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । त्यसका लागि आगामी मंसिर १३ गते महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको छ ।

बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । उनले भविष्यमा आउनसक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । 

नेपाल राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । उनले द्धिपक्षीय समझदारी गरिएको बिषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडी बढन जरुरी रहेको बताए । 

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निक्र्योल गरिनु पर्ने विषयमा बैठक आयोजना हुनपर्ने बताइन् । दुइपक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानु भन्दा अगाडी छलफल हुनुपर्ने बताउँदै अन्तर्रास्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको बताइन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का अध्यक्ष योगेन्द्र कुंवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नका साथै आगामी दिनहरुमा आउनसक्ने चुनौतीहरुको दुईपक्षरूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ बढाउदै जानुपर्ने जरुरी रहेको बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको