Like us!
Follow us!
Connect us!
Watch us!

बैंकबाट थोरै ब्याजमा पैसा लिएर सहकारीमा राखेर बढी ब्याज खाने परिपाटी मौलाएको  छः सहकारीमन्त्री

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १६ : ३९ मा प्रकाशित

बैंकबाट थोरै ब्याजमा पैसा लिएर सहकारीमा राखेर बढी ब्याज खाने परिपाटी मौलाएको  छः सहकारीमन्त्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीप्रति समाजमा विभिन्न हल्ला फैलाइएको बताएका छन् । सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस, सम्मान तथा पुरस्कार वितरण समारोहमा बुधबार मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

उनले संविधानअन्तर्गत रहेर सहकारी संस्था सञ्चालन हुने गरेको बताए । यस्तै, कार्यक्रममा बोल्दै उनले सबै सहकारी खराब हुन् भनेर गलत ट्रेण्ड समाजमा चलाइएको भनाइ राखे ।

साथै, उनले केही व्यक्तिको व्यक्तिगत स्वार्थले गर्दा सहकारीमा समस्या आएको बताए । सहकारीका समस्या समाधान गर्न सहमति भएका ८ बुँदा कार्यान्वयनमा ल्याइने उनले बताए।

बैंकबाट कम ब्याजमा कर्जा ल्याएर सहकारीमा राखेर बढी ब्याज खाने परिपाटी मौलाएको मन्त्री अधिकारीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको