Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर अनुमोदन गर्न बरुण हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०८ : ५६ मा प्रकाशित

हकप्रद सेयर अनुमोदन गर्न बरुण हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा

हकप्रद सेयर निस्कासनको तयारीमा रहेको बरुण हाइड्रोपावर कम्पनीले २१औँ वार्षिक साधारणसभा बोलाएको छ।

सञ्चालक समितिको बुधबारको बैठकले वार्षिक साधारणसभा असोज १३ गते काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो।

साधारणसभाले चुक्तापुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाइएको छ। सञ्चालक समितिको गत असार १२ को बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।  ५३ करोड ५८ लाख चुक्तापुँजी रहेको बरुणले हकप्रद जारी गर्न लागेको हो। त्यसपछि चुक्तापुजी १ अर्ब ७ करोड १२ लाख पुग्नेछ।

असोजमा बस्ने साधारणसभाले अन्य कम्पनीसँग मर्जरमा जाने, कम्पनीको नियमावली र प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको