बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ। मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। यसर्थ कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद जारी गर्नेछ। कम्पनीले हकप्रदको प्रस्ताव आगामी साधारणस भामा पेस गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमासमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
आयोगले पूर्वस्वीकृति दिएमा सो कम्पनीले हकप्रद ल्याउन थप प्रक्रिया अगाडि बढाउने बुझिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस