बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ७ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।
साधारण सभापश्चात् कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकबाट सातजनाको नयाँ सञ्चालक समिति गठन भएका हुन् । जसमा संचालक समितिको अध्यक्षमा डा. भुषण गुरागाई रहेका छन् ।
त्यस्तै, अन्य संचालकहरुमा डा. अभिनव दाहाल, रमेश अधिकारी, सौरभ गुरागाई, सुदिप बासकोटा, पुनम कार्की र स्वतन्त्र संचालकमा सम्झना तजले रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस