Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १० : ३७ मा प्रकाशित

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ  बोनसदर सार्वजनिक गरेको छ ।  

कम्पनीले एक सूचना जारी गर्दै २०८१।८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको उल्लेख गरेको हो ।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

गत भदौ १७ गते नेपाल बीमा प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्मको इनफोर्स पोलिसिज कायम गरेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको