Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट भृकुटिमण्डपमा इलेक्ट्रोनिक्स प्रदर्शनी

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०९ : ०३ मा प्रकाशित

आजबाट भृकुटिमण्डपमा इलेक्ट्रोनिक्स प्रदर्शनी

आज शुक्रबारबाट काठमाडौंको भृकुटिमण्डपमा तेस्रो नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लाइन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदैछ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेज इन्डिया प्रालिको संयुक्त आयोजना हुने प्रदर्शनी भदौ २३ गतेसम्म चल्नेछ। प्रदर्शनी एक्सो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। 

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १५० बढी स्लट रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा उच्च गुणस्तर, अत्याधुनिक एवं नवीनत प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ, केबुल एवं कन्डक्टर, चार्जिङ स्टेसन, ब्याट्रीलगायत विद्युतीय सामग्री रहने छन्।

दसैँको अवसर पारेर ग्राहकले विभिन्न कम्पनीका विद्युतीय सामग्री एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउनेछन्। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धनसमेत गरिनेछ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको