Like us!
Follow us!
Connect us!
Watch us!

परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने

शनिबार, ०१ पुस २०७४, १६ : ०६ मा प्रकाशित

परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने

अर्थ संसार, काठमाडौँ– डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका–१५ स्थित सो परिषद्मा बिरामीको चाप बढेसँगै त्यसको स्तरोन्नती गरी ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्न लागिएको हो ।

करिब दुई रोपनी ९ आना क्षेत्रफल रहेको सोही संस्थाको परिसरभित्र उक्त अस्पताल निर्माण गर्न लागिएको हो ।

परिषद्ले वरिष्ठ जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाटी, सर्जन, बाल खोप सेवा, परिवार नियोजन सेवा, हेल्थ प्याकेज सेवा समेत सञ्चालन गरिएको छ ।

विभिन्न स्वास्थ्य सेवा तथा उपकरण थप गर्दै गएको उक्त संस्थाले एक्सरे, दन्त सेवा, कार्डियोलोजी, फिजीयोथेरापी, आँखा परीक्षण सेवा, अल्ट्रासाउण्ड, प्याथोलोजी सेवा, ड्रेसिङ सेवा, फार्मेसी सेवासमेत प्रदान गरेको छ ।

विसं २०३७ मा फागुन १७ गते भूइँखेलस्थित पाटीमा परोपकार प्राथमिक उपचार केन्द्रको स्थापना गरी अनाथ, दिन दुःखीलाई सेवा दिन थालेको उक्त संस्थाले लामो समयको आरोह अवरोह पार गरी अस्पतालको अवधारणा तयार पारेको छ ।

विसं २०३९ मा सोही केन्द्रलाई परोपकार दान विभाग शाखामा परिणत गरी विभिन्न दाता तथा समाजसेवीको पहलमा नगद, जिन्सी संकलन तथा श्रमदान गरी स्वयम्भूमा दुई तले भवन निर्माण गरी २१ वटा पसल भाडामा लगाएर उक्त संस्थाका संस्थापक रत्ननारायण न्हूजवा ‘सायमी’ नेतृत्वको समितिले स्वास्थ्य सेवालाई अगाडि बढाइएको थियो ।

विश्व सम्पदा क्षेत्रमा सूचीकृत उक्त स्थानमा निस्वार्थ भावनाले असाह्य तथा विपन्न वर्गको सेवा गरिरहेको उक्त परिषद्लाई विसं २०५५ मा डल्लु आवास क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।

यहाँ आज आयोजित चौधांै साधरणसभाको अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का जनप्रतिनिधि जीवनराम श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउनपर्नेमा जोड दिँदै पछौंटेपन, विपन्न तथा निमुखा नागरिकलाई कम शुल्कमा सेवा प्रदान गर्न सामुदायिक अस्पतालको विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले लामो इतिहास बोकेको उक्त संस्थाले आगामी चार वर्षभित्र अस्पतालको भवन पूरा गरी सेवा शुरु गर्ने जानकारी दिनुभयो ।

शिक्षाविद् केशरबहादुर मानन्धरले विभिन्न क्षेत्रबाट सहयोगस्वरुप प्राप्त भएका उपकरणलाई अत्याधिक उयोग गरी सेवा सुविधा विस्तार गर्न सकेमा बिरामीलाई कम मूल्यमा सेवा उपलब्ध गराउन सकिने विचार व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष राजेन्द्रबहादुर तुलाधर, महासचिव मुकुन्दप्रसाद पाण्डेले सबै पूर्वाधारयुक्त आधुनिक भवनका रुपमा विकास गरिने उक्त अस्पताललाई समुदायले सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा भोगवती ईश्वरी वृद्धा कल्याणकोषबाट मनोहर लोहनीले रु ५१ हजार तथा पद्यमानन्द बज्राचार्यले रु आठ हजार सहयोग प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको