Like us!
Follow us!
Connect us!
Watch us!

देउवा र ओलीले एउटै स्वरः सत्ता समीकरण यताउता हुन्न, ०८४ सम्मै जान्छ

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, २१ : १७ मा प्रकाशित

देउवा र ओलीले एउटै स्वरः सत्ता समीकरण यताउता हुन्न, ०८४ सम्मै जान्छ

सत्ता समीकरणबारे आशंका व्यक्त भइरहेका बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिवादमा उत्रिएका छन्। उनीहरूले सत्ता समीकरण यताउता नहुने र ०८४ सम्म कायमै रहने बताएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार मुलुकमा अहिले अराजकताले ठाउँ पाउने वा सत्ता समीकरण यताउताहुने कुनै सम्भावना नरहेको बताए। नेपाल समाजवादी पार्टीले शान्ति प्रक्रियाका काम ढुंग्याउने सम्बन्धमा शुक्रबार दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यो व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नुछ। त्यसकारण अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना छैन।’ 

कांग्रेस एमाले देउवाले पनि बुधबार मात्र कांग्रेस-एमालेबीच कुनै मतभेद नरहेको बताएका थिए।

‘प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छै,’ उनले भनेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको