कांग्रेस एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने प्रक्रिया अघि बढेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको दुई महिनापछि साझा कार्यक्रमका लागि चार सदस्यीय कार्यदल गठन भएको हो।
कार्यदलमा कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको हो। कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस