Like us!
Follow us!
Connect us!
Watch us!

नौ जलविद्युत कम्पनी नाफामा , कुनको नाफा कति ?

आइतबार, ०२ पुस २०७४, ०८ : ५६ मा प्रकाशित

नौ जलविद्युत कम्पनी नाफामा , कुनको  नाफा कति ?

अर्थ संसार, काठमाडौं – नेप्सेमा सूचीकृत १७ जलविद्युत् कम्पनीमध्ये १२ कम्पनीले चालू आवको पहिलो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरेका छन् ।

सो वित्तीय विवरणअनुसार ९ कम्पनीले नाफा आर्जन गरेका छन् । यी कम्पनीले यो त्रैमासमा विद्युत् विक्रीबाट राम्रो आम्दानी गरेकाले नाफा बढेको देखिन्छ ।

यसै वर्ष मात्र आईपीओ निष्कासन गरी कारोबार शुरू गरेको हिमालयन पावर पार्टनरले पहिलोपटक वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६ करोड छ । हाल यस कम्पनीको विद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकाले आयोजनाको व्यापारिक उत्पादन शुरू नभएको हुँदा आम्दानी भएको छैन ।

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा चिलिमे हाइड्रोपावर कम्पनीले कमाएको छ । कम्पनीले रू. ३० करोड ९१ लाख नाफा कमाएको हो ।

यो समयमा पानीको बहाव उच्च भएका कारण विद्युत् उत्पादन बढेर नाफा आर्जन भएको कम्पनीले बताएको छ ।

यस कम्पनीको हाल चुक्ता पूँजी रू. ३ अर्ब ४४ करोड रहेको छ भने विद्युत् विक्रीबाट पहिलो त्रैमासमा रू. ३६ करोड ९५ लाख आम्दानी गरेको छ ।

यसैगरी पहिलो त्रैमासमा सबैभन्दा बढी प्रतिशत नाफा छ्याङ्दी हाइड्रोपावर कम्पनीको बढेको छ । यस कम्पनीको नाफा २ सय ३७ प्रतिशत बढेर रू. ७२ लाख २९ हजार पुगेको छ ।

यस अवधिमा कम्पनीको प्राविधिक क्षमता बढ्नु, विद्युत् प्रसारणमा अवरोध नआउनु र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले आयोजनमा विगतका वर्षमा जस्तो नकारात्मक प्रभाव नपारेकाले नाफा बढेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले विद्युत् विक्रीबाट रू. २ करोड १ लाख आम्दानी गरेको छ ।

नाफा चालू आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार अरुण काबेली र दिव्येश्वरी हाइड्रोपावर कम्पनी ऋणात्मक अवस्थामा छन् ।

अरुण काबेलीले २५ मेगावाटको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकाले यो समयसम्म व्यावसायिक उत्पादन शुरू नहुँदा नाफा कमाउन नसकिएको बताएको छ ।

यस कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५० करोड रहेको छ । कम्पनीको निकट भविष्यमा आयोजना निर्माण सम्पन्न गरी उत्पादन शुरू गर्ने योजना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको