Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली भलिबल टिम 'काठमाडौं स्पाइकर्स'को लोगो सार्वजनिक

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १० : ४७ मा प्रकाशित

नेपाली भलिबल टिम काठमाडौं स्पाइकर्सले लोगो सार्वजनिक गरेको छ ।

काठमाडौं शहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमा लोगो निर्माण गरिएको स्पाइकर्सले जनाएको छ ।

एभरेष्ट वुमेन्स भलिबल लिगको एक फ्रन्चाइजीको रूपमा काठमाडौं स्पाइकर्स रहेको छ । 

महिला खेलाडीहरूलाई प्रेरणा दिने र उनीहरूलाई बलियो बनाउने लक्ष्यसहित नेपालको राष्ट्रिय खेल भलिबलको इतिहासमा एउटा नयाँ अध्यायको शुरूआत भएको स्पाइकर्सले जनाएको छ ।

शरदकुमार टिबरेवालाको स्वामित्वमा रहेको स्पाइकर्सले खेलकुदमा नेपाली महिलाहरूको सहभागितालाई बढाउने र खेल स्तरलाई अझै माथि उठाउने लक्ष्य राखेको छ। खेलकुदको प्रवर्द्धन गर्दै नयाँ पुस्ताका खेलाडीलाई बलियो बनाउन प्रतिबद्ध स्पाइकर्सले एउटा टिम मात्र नभई नेपाली महिलाहरूको बल र जोशको प्रमाणको रूपमा समेत उभिएको दाबी गरेको छ ।

लोगो सार्वजनिक गर्ने क्रममा काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले काठमाडौं स्पाइकर्स आफ्नो छुट्टै प्रभाव छोड्न आएको बताइन् ।  सार्वजनिक नयाँ लोगोमा काठमाडौं शहरको समृद्ध संस्कृतिलाई बुझाउने आकर्षक संयोजन गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको