Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना हुँदै

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १४ : २२ मा प्रकाशित

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना हुँदै

काठमाडौं स्पाइकर्सले आसन्न  ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग’ अन्तर्गत आफ्नो टोलीको आगामी सिजनका लागि नयाँ प्रतिभाशाली खेलाडीहरूको छनोट गर्न विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्दैछ। यो कार्यक्रम भदौ ५, २०८१ गतेका दिन काठमाडौंको कभर्ड हलमा हुनेछ।

उक्त समारोह बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत (सीओओ) सुदिक्षा अधिकारीको विशेष पहलमा यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

अधिकारीका अनुसार, ‘हाम्रो उद्देश्य आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरूलाई अवसर प्रदान गर्नु हो।’

काठमाडौं स्पाइकर्सले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस कार्यक्रमले युवा तथा उत्साही खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको