Like us!
Follow us!
Connect us!
Watch us!

ओरियण्टल होटल्सले डाक्यो साधारणसभा, लाभांश प्रस्ताव पारित हुने

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०७ : ४७ मा प्रकाशित

ओरियण्टल होटल्सले डाक्यो साधारणसभा, लाभांश प्रस्ताव पारित हुने

ओरियण्टल होटल्स् लिमिटेडले २७औं वार्षिक साधारणसभा असोज २० गते बोलाएको छ।

ओरियण्टल सञ्चालक समितिको बैठकले जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे साधारणसभा तय गरेको हो।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ  ०.२६३१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

यसबाहेक वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गरिने छ भने चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने एजेण्डा छ। साधारणसभा प्रयोजनार्थ होटलले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्ने  भएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको