Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १५ : ३४ मा प्रकाशित

भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने

संविधान दिवसको अवसरमा धरहरा अस्थायी रूपमा सर्वसाधारणका लागि निःशुल्क खुला हुने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।

धरहरा बिसं १८८२ मा प्रधानमन्त्री भीमसेन थापाले निर्माण गराएका थिए । ,२०७२ सालको ७.८ रेक्टरको महाभूकम्पले  ऐतिहासिक धरहरा ढलेको थियो। यसपछि, २०७५ सालमा सरकारले रमन कन्स्ट्रक्सनलाई पुनर्निर्माणको जिम्मा दिएको थियो।

नयाँ धरहरा २२ तला उचाइको बनाइएको छ र यसमा लिफ्ट पनि थपिएको छ।कामै नसकी २०७८ वैशाख ११ प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेपनी निर्माण कार्य पूरा नभएको कारणले यसको स्थायी सञ्चालन हुन सकेको थिएन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको